नेभिगेशन
खेलकुद
‘ए’ डिभिजन लिग फुटबल

खुमलटारसँग सातदोबाटो पराजित, थ्री स्टारलाई हराउँदै पुलिस आठौं स्थानमा

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एफसी खुमलटारले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । 

खुमलटारको जितमा मेसुके ओलुमोउले खेलको ३७ औं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसंगै खुमलटारले २० खेलमा २१ अंक जोडेको छ समान खेल खेलेको सातदोबाटोको २९ अंक रहेको छ ।

त्यस्त,ै आजै एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्यो । 

पुलिसको जितमा अहमद हिजाजीले २८ औं मिनेटमा निर्णायक गोल गरे । जितसंगै पुलिस २० खेलमा २५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । थ्री स्टार २० खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद