भारतलाई जित्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल
काठमाडौँ– काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा आयोजक नेपालले भारतको सामना गर्नेछ ।
नेपाल भारतमाथि पहिलो जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा छ । किनकि, नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन ।
समूह ‘ए’मा रहेका नेपाल र भारत दुई खेलमा शतप्रतिशत जित निकाल्दै सेमिफाइनल प्रवेश गरिसकेका छन् । आजको खेलले विजेता समूह विजेता बन्नेछ ।
आजै हुने समूह ‘बी’को खेलमा काजकिस्तान र उज्वेकिस्तान पनि समूह विजेताका लागि प्रतिस्पर्धा गर्दैछन् । लगातार दुई जितपछि काजकिस्तान र उज्वेकिस्तान पनि सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८० ०८:१४
प्रतिक्रिया दिनुहोस्