नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ आज
काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाल (जसपा)का तर्फबाट मन्त्री नियुक्त भएका वीरेन्द्रप्रसाद महतो र राज्यमन्त्री प्रमिला कुमारीको शपथग्रहण आज हुने भएको छ ।
दुवैजनाले राष्ट्रपति कार्यालयमा आज बिहान शपथग्रहणको कार्यक्रम राखिएको जसपाले जनाएको छ । मङ्गलबार महतो वन तथा वातावरणमन्त्री तथा प्रमिला शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् । योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८० ०८:५२
प्रतिक्रिया दिनुहोस्