Nic Ad Nic Ad
Nic Ad Nic Ad

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

बुधबार, जेठ १०, २०८०

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री वीरेन्द्रप्रसाद महतोलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सोही समारोहमा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले नवनियुक्त राज्यमन्त्री प्रमिला कुमारीलाई नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ गराए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरू दुवैलाई मन्त्री र राज्यमन्त्रीमा मङ्गलबार नियुक्त गरेका छन् । उनीहरूको नियुक्ति र सपथसँगै वर्तमान मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्