Nic Ad Nic Ad
Nic Ad Nic Ad

ज्ञानेन्द्र शाहीको चेतावनी– भ्रष्टाचारको फाइल नखोले सदन र सडकबाट आन्दोलन चर्काउँछौ

बुधबार, जेठ १०, २०८०

काठमाडौँ– संसद्मा प्रतिपक्षी दल राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अख्तियारमा थन्किएको भ्रष्टाचारको फाइल नखोले सदन र सडकबाट आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आज यस्तो चेतावनी दिएका हुन् ।

‘भ्रष्टाचारीको फाइल अख्तियारमा धुलो लागिसके यिनलाई कारबाही गर्न कसले रोक्या छ ?, उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सम्बोधन गर्दै भने, ‘जसले रोक्यो तीनको नाम सार्वजनिक गर्नुस् । होइन भने सडक र सदन दुवै ठाउँबाट आन्दोलन हुन्छ । संसद् चल्दैन ।’

भ्रष्टाचारीलाई कारबाही गरेर राज्यकोषमा सम्पत्ति दाखिला गर्नसमेत उनले  माग गरे ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्