Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसद् आउँदा रेस्लिङ रिङ आएको महसुस हुन थाल्यो : ज्ञानेन्द्र शाही

बुधबार, जेठ १०, २०८०

काठमाडौँ– संसद्मा प्रतिपक्षी दल राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद्मा आउँदा आफूलाई रेस्लिङ रिङमा आएकोजस्तो महसुस हुने गरेको बताएका छन् ।

आज संसद्मा सरकारको नीति तथा कार्यक्रमबारेको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

सांसद शाहीले एमाले र माओवादी केन्द्रका सांसदहरूले एक–अर्कालाई छेडछाड गर्ने गरेकोप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।

‘एकातिर बा र अर्कोतिर दाइ पक्षका बीच कुस्ती हुन्छ । मलाई त यहाँ आउँदा रेस्लिङ रिङमा आएजस्तो हुन्छ,’ उनले भने ।

मंगलबार एमालेका योगेश भट्टराई र माओवादी केन्द्रका माधव सापकोटाबीच एक–अर्कामा छेडछाड भएको थियो । सांसद शाहीको भनाइ उनीहरूप्रति नै लक्षित थियो ।
 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्