Nic Ad Nic Ad
Nic Ad Nic Ad

पत्रकार बज्राचार्यको निधन

बिहीबार, जेठ ११, २०८०

काठमाडौँ– पत्रकार गौतमबुद्ध बज्राचार्यको निधन भएको छ । उनको ६२ वर्षको उमेरमा बुधबार साँझ आफ्नै निवास सामाखुसीमा निधन भएको हो ।

बज्राचार्य केही वर्षदेखि फोक्सोको अर्बुद रोगबाट पीडित भए । सह–समाचारदाता उनले राससमा रहँदा समाचार सङ्कलनका अतिरिक्त अन्तर्राष्ट्रिय समाचार सम्पादन शाखामा रही समेत काम गर्नुभएको थियो । उनको श्रीमती र दुई छोरी हुन् । 

बज्राचार्यको आजै शोभाभगवतीस्थित कर्णद्वीपमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्