अमेरिकी नागरिकता त्यागेको निस्सा प्रकरणमा रवि लामिछानेले दिए ४ बुँदे स्पष्टीकरण
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अमेरिकी नागरिकता त्यागेको निस्सा प्रकरणमा ४ बुँदे स्पष्टीकरण दिएका छन् ।
उनले अमेरिकी नागरिकता त्यागेको निस्साको विषयमा अदालतमा र संसदमा पनि उठेपछि उनले ४ बुँदे स्पष्टिकरण दिएका हुन् । उनले सामाजिक संजाल मार्फत यस्तो स्पष्टीकरण दिएका छन् ।
उनले दिएको स्पष्टिकरणमा आफूले यसअघि नै निस्सा बुझाइसकेको भनिएको छ । र, उनले मुद्दा हाल्ने उद्योग चलाइएको भन्दै आफूलाई सिमा बाहिर गएर इरिटेट गरिएको पनि उल्लेख गरेका छन् ।
यस्तो छ रवि लामिछानेले लेखेको ४ बुँदै स्पष्टीकरण–
मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।
१) सर्वोच्च अदालतको मिती २०७९र१०र१३को फैसलाको प्रकरण नं। २२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको छ।
२) अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरी नेपाली नागरिकता पुन कायम गराएको छु ।
३) अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०र०२र ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५र०३र०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएँ । टेलिभिजनबाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएँ ।
४) घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।