फ्रेन्ड्ससँग सातदोबाटो पराजित, मर्स्याङ्दी र चर्च ब्वाइज बराबरीमा रोकिए
काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाईटेड क्लबले बराबरी खेलेका छन् ।
बिहीबार ललितपुरस्थीत च्यासल मैदानमा मैदानमा भएको निकै प्रतिष्पर्धात्मक खेलमा मनाङ र चर्च ब्वाइजले गोलरहित बरावरी खेलेका हुन् । खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसकेपछि कुनै गोल हुन सकेन ।
बराबरीसंगै चर्च ब्वाइजले २१ खेलमा ३८ अंक जोड्दै शीर्ष स्थानमा कायमै छ भने समान खेल खेलेको मनाङको २५ अंक रहेको छ ।
त्यस्तै, बिहीबार नै एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा फ्रेन्ड्सले सातदोबाटो युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको छ । फ्रेन्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे भने राफिक अमिनु र प्रकाश बुढाथोकी एक एक गोल गरे । जितसंगै फ्रेन्ड्सले २१ खेलमा २४ अंक जोडेको छ ।
सातदोबाटोको २१ खेलमा २९ अंक रहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८० १८:३२
प्रतिक्रिया दिनुहोस्