Nic Ad Nic Ad
Nic Ad Nic Ad

काभा भलिबल : नेपाल फाइनल पुग्न असफल

शुक्रबार, जेठ १२, २०८०

काठमाडौं - नेपाल एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुग्न असफल भएको छ ।

एसियाको छैटौं वरीयताको काजकस्तानलाई बलियो चुनौती पेश गरेपनि नेपाल २–३ को सेटमा पराजित हुँदै नेपाल घरेलु मैदानमा नेपाल सेमिफाइनलबाटै बाहिरिन पुगेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा पहिलो सेट गुमाएको नेपालले त्यसपछिको दुई सेट जित्दै खेललाई आफ्नो पकडमा पारेको थियो ।

तर, चौथो सेट गुमाएपछि खेल पाँचौं तथा निर्णायक सेटमा लम्बिन पुग्यो । निर्णायक तथा पाँचौ सेटमा पनि नेपालको प्रदर्शन फितलो रह्यो ।

प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले २८–३० गुमाउन पुग्यो । दोस्रो सेटमा सुरुवातदेखि नै अग्रता लिदै नेपालले २५–१६ को जित निकाल्न सफल भयो । तेस्रो सेटमा पनि नेपालले २५–१५ को सहज जित निकाल्न सफल भयो ।

चौथो सेटमा भने नेपालको प्रदर्शन फितलो रह्यो । सुरुवातदेखि नै पछि परेको नेपालले चौथो सेट १८–२५ ले गुमाउन पुग्यो ।

पाँचौ सेटमा पनि नेपालको प्रदर्शन फितलो रह्यो । सुरुवादेखि नै पछि परेको नेपालले खेलमा फर्कने प्रयास गरेपनि काजकस्तानलाई ७–१५ ले नजिता सुम्पदै सेमिफाइनलबाटै बाहिरियो ।

अब काजकस्तानले उपाधिका लागि भारतको सामना गर्नेछ । भारतले शुक्रबारै उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराएर फाइनलमा स्थान बनाइसकेको छ । नेपालले भने तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानको खेल आइतबार हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  २०:२३
प्रतिक्रिया दिनुहोस्