Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘यात्रीले विमानको ढोका खोले’ 

शनिबार, जेठ १३, २०८०

सोउल– दक्षिण कोरियामा एक जना उद्दण्ड यात्रीमाथि अवतरणको तयारीमा रहेको विमानको आपत्कालीन ढोका खोलेको आरोप लागेको छ । यद्यपि विमान सुरक्षित रुपमा अवतरण भएको छ । 

राजधानी सोउलबाट दुई सय ४० किलोमिटर दक्षिणपूर्वमा अवस्थित डेगु विमानस्थलमा अवतरणको तयारीमा रहेको एशियाना एयरलाइन्सको विमानको आपत्कालीन द्वार एक जना उद्दण्ड यात्रीले जबरजस्ती खोलेका विमान कम्पनीले बताएको छ ।

उनले धावनमार्गबाट विमान दुई सय मिटरको उचाइमा विमान रहेका बेला ढोका खोल्दा यात्रीलाई सास फेर्न गाह्रो भएको थियो । 

विमान कम्पनीका अनुसार सास फेर्न गाह्रो भएका ती यात्रीलाई अस्पताल भर्ना गरिएको छ । मध्यआकाशमा विमानको आपत्कालीन द्वार खोल्ने ती यात्रीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको दक्षिण कोरियाली समाचार समिति योनहापले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०५:४६
प्रतिक्रिया दिनुहोस्