Nic Ad Nic Ad
Nic Ad Nic Ad

ट्विटरले ‘ईयु डिसइन्फर्मेसन कोड’ छोड्दै

शनिबार, जेठ १३, २०८०

ब्रसेल्स– ट्विटरले युरोपेली सङ्घको ‘डिसइन्फर्मेसन कोड’ छोड्ने निर्णय गरेको छ ।

एक स्वैच्छिक सम्झौताअनुसार प्रमुख सामाजिक प्लेटफर्म एकसाथ समूह बनाउँदा यसका दायित्व रहन्छन् र त्यसको पालना हुनुपर्छ, ईयु उद्योग आयुक्त थियरी ब्रेटनले शनिबार ट्वीटमा उल्लेख गरेका छन् ।

सन् २०१८ मा शुरु गरिएको ईयुको डिसइन्फर्मेसनको अभ्यास कोडले मेटा, गुगल, ट्विटर, माइक्रोसफ्ट र टिकटकजस्ता  सामाजिक सञ्जालसहित लगभग तीन दर्जन हस्ताक्षरकर्तालाई समावेश गरेको थियो ।

त्यसबेला कोड प्रयोगकर्ताले तथ्य–जाँचकर्तासँग विकृति वितरण गर्ने संरचनालाई बढावा नगर्ने जस्ता तीन दर्जनभन्दा बढी प्रतिज्ञा गरेका थिए । आफूले प्रतिज्ञा गरेका कुराको पालना गर्नु आवश्यक हुन्छ तर एलन मस्कले ट्वीटरको स्वामित्व लिएपछि प्रतिज्ञाको पालनामा अनुदार रहेका पाइन्छन् ।

युरोपेली आयोगका एक अधिकारीले शुक्रबार एएफपीलाई भनेका थिए, ‘यदि एलोन मस्कले कोडलाई गम्भीरतापूर्वक लिएनन् भने उनले राजीनामा दिनु राम्रो हुन्छ ।’

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्