मेलौली होटलमा बेहोस भेटिएका चन्दको मृत्यु
बैतडी– बैतडीको मेलौली नगरपालिका–७ मा रहेको रिसब होटलमा बेहोस अवस्थामा भेटिएका एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ का ५७ वर्षीय रनि चन्द रहेका बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
भारतबाट फर्किएर घर जाने क्रममा रहेका चन्द जेठ ११ गतेदेखि उक्त होटलमा बसिरहेका थिए । आज बिहान खान खानका लागि होटलका कर्मचारीले बोलाउँदा चन्द बेहोस अवस्थामा फेला परेका थिए ।
बेहोस फेला परेका चन्दको उपचारका क्रममा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । चन्दको के–कति कारणले मृत्युु भएको हो भन्नेबारे खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गइरहेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८० १८:२५
प्रतिक्रिया दिनुहोस्