Nic Ad Nic Ad
Nic Ad Nic Ad

६६९ मेगावाट क्षमताको तल्लो अरुण सतलजलाई

आइतबार, जेठ १४, २०८०

काठमाडौँ– लगानी बोर्डको ५४औं बैठकले तल्लो अरूण जलविद्युत परियोजना विकास सम्झौता (पिडिए) को अन्तिम मस्यौदा दस्तावेज स्वीकृत गरेको छ । स्वीकृत भएको मस्यौदा दस्तावेजलाई अनुमोदनका लागि मन्त्रीपरिषदमा प्रस्ताव पठाउने निर्णय पनि गरेको छ। 

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो।

सो आयोजना निर्माणको जिम्मेवारी भारतीय कम्पनी सतलज विद्युत निगम एसजेभिएनले पाएको छ । कुल ६६९ मेगावाट क्षमताको तल्लो अरूण जलविद्युत आयोजना विकासका लागि बोार्डको ५३ औं बैठकको निर्णयअनुसार बोर्डका कार्यकारी अधिकृतको संयोजकत्वमा विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधिहरूको सदस्य रहेको वार्ता समितिले सतलजसँग चरणबद्ध रूपमा वाता गरेको थियो। 

वार्तापछि सहमतिसहित पिडिएको अन्तिम मस्यौदा दस्तावेज तयार गरेको बोर्डले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बोर्डको अघिल्लो बैठकले यो परियोजनाका लागि ९२ अर्ब ६८ करोड रुपैयाँ बराबर लगानी स्वीकृत गरिसकेको छ। परियोजनाबाट उत्पादन भएको बिजुली निर्यात गर्ने तथा निर्धारित समयमै निर्माण सम्पन्न गर्ने गरी पूर्वतयारी अघि बढेको बोर्डले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्