Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालमा अझै १५ दशमलव १ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि

आइतबार, जेठ १४, २०८०

काठमाडौं - नेपालमा अझै १५.१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको पाइएको छ ।

आर्थिक सर्वेक्षण २०७९/८० ले यस्तो देखाएको हो । गरिबीको रेखामुनि रहेको ठूलो जनसंख्या अहिले पनि ग्रामिण भेगमा बस्ने गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्यामा अहिले केही सुधार भने देखिएको आंकडाले देखाएको छ । बहुआयामिक गरिबीको रेखामुनि भने १७.४ प्रतिशत जनसंख्या रहेको छ ।

बहुआयामिक गरिबी ग्रामिण भेगमा २८ प्रतिशत जनसंख्या रहेको छ । शहरी क्षेत्रमा १२.३ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीको रेखामुनि रहेको छ । कर्णालीमा ३९.५ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीमा छ भने बागमतीमा मात्र ७ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीमा रहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्