Nic Ad Nic Ad
Nic Ad Nic Ad

३ करोड घुस अस्वीकार गरेपछि जग्गा प्रकरणमा अनावश्यक आरोप लगाए : पर्यटनमन्त्री किराती

आइतबार, जेठ १४, २०८०

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कागेश्वरी मनोहरा नगरपालिमा पर्ने साबिक गोठाटारमा रहेको जग्गा प्रकरणमा आफुलाई अनावश्यक आरोप लगाएको बताएका छन् ।

गीतकार संघको १४ आंैं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री किरातीले आफु सेटिङमा चल्न नमान्दा र भ्रष्टाचार गर्न अस्वीकार गरेकै कारण जग्गा प्रकरणमा अनावश्यक रुपमा मुछ्न खोजिएको बताएका हुन् ।

उनले सो क्षेत्रमा रहेको जग्गाका मध्ये ५०४ रोपनीको हालसावी गरि तारवार गर्ने र ३१ रोपनी खोज्नका लागि नापी र मालपोतको सदस्य रहने गरि सात सदस्य समिति गठन गर्ने निर्णय भएकोमा ३१ रोपनी जग्गालाई बैद्यता दियो भनेर प्रचार गर्न केहि मान्छेहरु नियोजित रुपमा लागेको जिकिर गरे । केहि मान्छेहरु घुस अस्वीकार गरेकै कारण आफुबिरुद्ध लागेको भन्दै मन्त्री किरातीले यस बिषयमा भ्रमित नहुन र जुनसुकै अदालतमा गएर बोल्न तयार रहेको स्पष्ट पारे ।

उनले मन्त्री भएको दिनदेखि एक जना ठूलै मान्छेले वायुसेवा निगमको प्रबन्ध निर्देशक फेर्न तीन करोड रुपैयाँको प्रस्ताव गरेको र त्यसलाई अस्वीकार गरेकै कारण आफुमाथि नियोजित प्रहार भएको बताए । । एकदिन फोन गर्ने व्यक्तिलाई भेट्दा टोकनमनी एक करोड रुपैयाँ, नियुक्त गरेका सातदिनमा एक करोड रुपैयाँ र त्यसको एक महिनापछि एक करोड रुपैयाँ दिने प्रस्ताव गरेपछि आफुले अस्वीकार गरेको उनको भनाइ छ । उनले आफुले घुस अस्वीकार गरेकै दिनदेखि प्रहार सुरु भएको बताए ।

उनले केहि दिन कुर्सीमा बसेर देश र जनताका लागि काम गर्ने इच्छा भएको भन्दै आफु मुखले नभई मुटुले बोल्ने मान्छे भएको उल्लेख गरे ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्