सर्बियामा सरकारविरोधी प्रदर्शन तीव्र, राजीनामा दिने तयारीमा राष्ट्रपति
बेलग्रेड– सर्बियाको राजधानी बेलग्रेडमा यस महिनाको शुरुमा र वरपरका दुईवटा सामूहिक गोलीकाण्डपछि राष्ट्रपति एलेक्सान्डर भुचिचको राजीनामाको माग गर्दै हजारौँ मानिस सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । विरोध प्रदर्शन चौथो हप्तामा प्रवेश गरेको अल जजिराले उल्लेख गरेको छ ।
भर्खरै १८ जना व्यक्तिको मृत्यु भएको र थुप्रै घाइते भएका छन् । मे ३ मा बेलग्रेडमा एक किशोरले नौ विद्यार्थी र एक सुरक्षा गार्डको हत्या गरेका थिए । यो सर्बियाको विद्यालयमा भएको पहिलो सामूहिक गोलीबारीको घटना थियो । त्यसको एक दिन पछि शहर बाहिर २१ वर्षीय व्यक्तिले आठ व्यक्तिको हत्या गरेका थिए ।
शनिबार सरकार विरोधी प्रदर्शनकारीले मृतक बालबालिकाको तस्बिर बोकेर प्रदर्शन गरेका थिए । आन्दोलनकारीले हिंसात्मक सामग्रीलाई बढावा दिने टेलिभिजन सञ्जालको प्रसारण इजाजतपत्र हटाउनका साथै हिंसा भड्काउने सरकार समर्थक पत्रपत्रिकामाथिको प्रतिबन्ध हटाउन सरकारलाई बारम्बार आग्रह गरेका छन् ।
यसैबीच राष्ट्रपति एलेक्सान्डर भुचिच आन्दोनका करण झुक्न बाध्य भएका छन् । उनी राजीनामा दिने तयारीमा रहेको बुझिएको छ ।