Nic Ad Nic Ad
Nic Ad Nic Ad

आएन लक्ष्यअनुसार वैदेशिक सहायता

सोमबार, जेठ १५, २०८०

काठमाडौँ– चालु आर्थिक वर्षका लागि सरकारले राखेको वैदेशिक सहायता प्राप्ति निकै न्यून देखिएपछि सरकारले यसको लक्ष्य घटाएको छ ।

आगामी आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षमा सरकारले पाउने वैदेशिक सहायताको लक्ष्य संशोधन गरिएको बताए ।

 ‘सरकारले आगामी आवका लागि वैदेशिक सहायतातर्फ रु ३८ अर्ब ४६ करोड अनुदान र ऋण रू १ खर्ब ७० अर्ब ५४ करोड परिचालित हुने संशोधित अनुमान राखेको छ,’ अर्थमन्त्री डा महतले भने ।

आयोजनाको कार्यान्वयन पक्ष कमजोर हुँदा वैदेशिक सहायता परिचालन अपेक्षा गरेभन्दा कम भएको अर्थमन्त्रीले बताए । चालु आवमा वैदेशिक सहायतातर्फ रू ५५ अर्ब ४६ करोड अनुदान र रू २ खर्ब ५६ अर्ब ऋण उठाउने अनुमान गरिएको थियो ।
    
दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत सुधारको नारासहित बजेट ल्याइएको अर्थमन्त्री महतले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्