गाँजाले छर्यो संसद्मा मुस्कान !
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (२०८०-८१) को बजेट प्रस्तुत अहिले गरिरहेका छन् ।
यसैबीच उनले गाँजाबारेको विषय पनि बजेटमा समावेश गरेका छन् ।
‘औषधीय प्रयोजनका लागि गाँजा खेतीबारे अध्ययन गरिनेछ,’ उनले भने ।
अर्थमन्त्री महतले यसो भन्दैगर्दा संसद्मा मुस्कान छरिएको थियो । सभामुख देवराज घिमिरे, राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, कृषि तथा पशुपंछीमन्त्री वेदुराम भुसाललगायत हाँसेको दृश्यमै देखियो । उनीहरू हाँसेपछि अर्थमन्त्री महत पनि मुस्कुराए ।
सभामुख घिमिरे र अध्यक्ष तिमल्सिना मुखामुख गरेर हाँसेका थिए ।
पछिल्लो समय गाँजालाई वैधता दिने माग उठिरहेको छ । यसैबीच, सरकारले पनि यसबारे चासो दिएको पाइएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:२४
प्रतिक्रिया दिनुहोस्