विद्यालयमा जंकफुड प्रतिबन्ध, स्थानीय उत्पादन दिइने
काठमाडौँ– विद्यालयहरुले विद्यार्थीलाई खाजाको रुपमा जंकफुड दिन नपाउने भएका छन् ।
सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो कार्यक्रम ल्याएको हो ।
अर्थमन्त्री डा प्रकाशशरण महतले विद्यालयहरुमा जंकफुडको खाजा दिन नपाइने र स्थानीय उत्पादनलाई नै खुवाउनु पर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:४८
प्रतिक्रिया दिनुहोस्