विदेशमा १ वर्ष काम गरेकाले जस्तो टिभी ल्याए पनि भन्सार शुल्क नलाग्ने
काठमाडौं– सरकारले विदेशमा कम्तिमा १ वर्ष काम गरेर फर्किएका नेपालीले जस्तोसुकै टेलिभिजन ल्याएपनि त्यसमा कर नलाग्ने व्यवस्था गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
बजेटको व्यवस्था अनुसार अब विदेशमा कम्तिमा १ वर्ष काम गरेर नेपाल फर्किएका नेपालीले एउटा टेलिभिजन (टिभी) जस्तोसुकै र जुनसुकै आकारको ल्याएपनि कर लाग्ने छैन ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १९:१७
प्रतिक्रिया दिनुहोस्