Nic Ad Nic Ad
Nic Ad Nic Ad

अबको ‘एजेन्डा’ समृद्धि र सुशासन : पर्यटनमन्त्री किराँती

सोमबार, जेठ १५, २०८०

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले गणतन्त्रात्मक मुलुकको अबको ‘एजेन्डा’ आर्थिक समृद्धि र सुशासन रहेको बताएका छन् ।

काठमाडौँमा आजदेखि सुरु राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को समुद्घाटन समारोहमा मन्त्री किराँतीले युवा स्वरोजगार सिर्जना गरी मुलुकलाई समग्र विकासमा अग्रसर गराउनु नै अहिलेको आवश्यकता भएको बताए ।

उनले यही जीवनकालमा युद्ध, शान्ति आएको र यही जीवनकालमा नै समृद्धि ल्याउनुपर्नेमा जोड दिए । उनले भ्रष्टाचार नियन्त्राणका लागि युद्ध अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए । मन्त्री किराँतीले आज गणतन्त्र दिवसका अवसरमा समृद्ध नेपालका निम्ति सङ्कल्प गर्ने दिन पनि भएको बताए ।

समाराहेमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकलाको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्ने सोच बनाएको बताए । समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको मर्मानुसार यस्ता प्रतिष्ठानहरुले आआफ्नो भूमिकालाई प्रभावकारी गराउनुपर्ने बताए । उनले अहिलेको समाजअनुसार कला कस्तो हुने भनेर बहस गर्ने बेला आएको पनि बताए । 

सो क्रममा सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले कला प्रदर्शनीले मुलुकको विकास र संस्कृति संरक्षणमा सहयोग पुग्ने बताउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले पुरस्कृत व्यक्तिहरुका बारेमा जानकारी गराएका थिए ।

प्रदर्शनीको उद्घाटन समारोहमा ललितकला क्षेत्रका कलाकार, पत्रकार तथा अग्रज व्यक्तिहरुलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ । प्रतिष्ठानको कार्यालय नक्साल र नेपाल कला परिषद् बबरमहलमा आज एकैसाथ कला प्रदर्शनी सुरु भएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २१:०९
प्रतिक्रिया दिनुहोस्