Nic Ad Nic Ad
Nic Ad Nic Ad

फिलिपिन्समा सैनिक कारबाहीबाट ४ जना विद्रोही मारिए

मंगलबार, जेठ १६, २०८०

मनिला– फिलिपिन्सको सेनाले विद्रोही समूह न्यू पिपस आर्मी (एनपिए)विरुद्ध गरेको कारबाहीमा चार जना मारिएका छन् ।   झडपमा ४ संदिग्ध विद्रोहीको हत्या गरेको छ । 

मध्य फिलिपिन्समा आइतबार गरिएको उक्त कारबाहीमा चार जना संदिग्ध विद्रोही मारिएका  एक जना सैनिक प्रवक्ताले सोमबार बताएका छन् ।

सेनाका क्याप्टेन जेफरसन मारियानोले उत्तरी समर प्रान्तमा एनपीए विद्रोहीसँग भएको झडपमा ती विद्रोही मारिएका तथा उनीहरूबाट हातहतियार र गोलाबारुद बरामद गरिएको बताएका छन् । 

सन् १९६९ देखि एनपीए विद्रोहीहरू सरकारसँग लड्दै आएका छन् । उनीहरूले ग्रामीण क्षेत्रमा  आफ्ना आक्रमण केन्द्रित गर्दै आएका छन् । सोही क्रममा  सेनासँग झडप हुने गरेको छ । सेनाको एक तथ्याङ्कअनुसार  एनपीएमा दुई हजार सदस्य छन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्