सन्दीपविरुद्धकाे मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ । यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेरको विवादमा पेस गरेको जन्म मितिसम्बन्धी प्रमाण पुनः झिकाउन आदेश भएको थियो ।
पीडितको उमेरसम्बन्धी विषयको टुङ्गो नलाग्दा यो मुद्दामा पटक–पटक अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि स्थगित हुँदै आएको थियो ।
लामिछानेविरुद्ध नाबालिगलाई बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । गत वर्ष भदौ ५ गते पटक–पटक बलात्कार गरेको आरोपमा भदौ २१ गते जाहेरी दर्ता भएको थियो ।
सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसला दिन सकिरहेको छैन । लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ ।
अन्तिम सुनुवाइका क्रममा लामिछानेले सफाइ पाउने कि दोषी ठहर भएर जेल जाने भन्ने टुंगो लाग्नेछ ।