Nic Ad Nic Ad
Nic Ad Nic Ad

पृथ्वी राजमार्ग विस्तारका लागि भत्काइयो सहिदगेट

मंगलबार, जेठ १६, २०८०

दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको सहिदगेट भत्काइएको छ । पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त सहिदगेट भत्काइएको हो । 

मुग्लिन–पोखरा सडक योजना ९पूर्वी खण्ड०ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त सहिदगेट भत्काएको इञ्जीनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । नेकपा (माओवादी केन्द्र)ले उक्त सहिदगेटको निर्माण गरेको थियो ।

सहिदगेटमा तनहुँ जिल्लामा विभिन्न समयमा सहादत प्राप्त गरेका सहिदको विवरण समेटिएको थियो ।

मुग्लिन–पोखरा सडकखण्डलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ । मुग्लिनबाट पोखरासम्मको खण्डलाई दुई भागमा ठेक्का सम्झौता गरी काम भइरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्