Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन्दीपविरुद्धको मुद्दा राईको इजलासमा सुनुवाइ हुने

मंगलबार, जेठ १६, २०८०

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा न्यायाधीश शंकरबहादुर राईको इजलासमा सुनुवाइ हुने भएको छ ।

यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेरको विवादमा पेस गरेको जन्म मितिसम्बन्धी प्रमाण पुनः झिकाउन आदेश भएको थियो ।

पीडितको उमेरसम्बन्धी विषयको टुङ्गो नलाग्दा यो मुद्दामा पटक–पटक अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि स्थगित हुँदै आएको थियो । 

लामिछानेविरुद्ध नाबालिगलाई बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । गत वर्ष भदौ ५ गते पटक–पटक बलात्कार गरेको आरोपमा भदौ २१ गते जाहेरी दर्ता भएको थियो ।

सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसला दिन सकिरहेको छैन । लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । 

अन्तिम सुनुवाइका क्रममा आज लामिछानेले सफाइ पाउने कि दोषी ठहर भएर जेल जाने भन्ने टुंगो लाग्नेछ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्