Nic Ad Nic Ad
Nic Ad Nic Ad

दरबार र गौर हत्याकाण्डको अनुसन्धान गर्छौंः  प्रधानमन्त्री दाहाल

मंगलबार, जेठ १६, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले गौर र दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्‍याउने बताएका छन्।

नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा आज (मंगलबार) भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरुको अनुसन्धान गरी निचोडमा पुग्ने उनको भनाइ छ । 

यस्तै, प्रधानमन्त्री प्रचण्डले २०४६ सालको जनआन्दोलन पछिका सबै उच्चपदस्थ अधिकारीका सम्पती विवरणहरुको बारेमा खोजिनीति गर्ने पनि प्रतिवद्धता व्यक्त गरे। उनले भ्रष्टाचारका काण्ड र ठूला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निस्कर्षमा पुर्‍याउनुपर्ने र नागरिकलाई यसबारेका शंकाहरुको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

‘मैले सदनमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरु खोलिनेछन्। क्रमशः खुल्छन्। खुलाइन्छन्। २०४६ सालको ऐतिहासिक जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पती विवरणहको बारेमा खोजिनीति गरिन्छ। ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजिनीति गरिन्छ। ठूलाठूला भयानक हत्याकाण्डहरु छन्, ती हत्याकाण्डहरुको खोजिनीति गर्नुछ। चाहे त्यो गौर हत्याकाण्ड होस्चा, हे दरबार हत्याकाण्ड। त्यसको छिनोफानो भएको छैन। नेपाली जनताको मनमा धेरै ठूलाठूला शंकाहरु छन्। के भएको हो भन्नेकुराको सत्यतथ्य आएको छैन। यी सबैकुराहरु पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ,’ नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्