नेभिगेशन
समाचार

एमालेले शुक्रबारका लागि सचिवालय बैठक बोलायो

काठमाडौँ– नेकपा (एमाले)ले सचिवालय बैठक डाकेको छ । एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान ११ः३० बजे बैठक बोलाइएको छ । 

समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने जनाइएको छ ।

 एमालेको यसअघि गत वैशाख २८ देखि ३० गते केन्द्रीय बैठक सम्पन्न भएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार