Nic Ad Nic Ad
Nic Ad Nic Ad
प्रधानमन्त्रीको भारत भ्रमण

भारतले नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार र डिपो निर्माणका लागि १७ अर्ब लगानी गर्ने

बिहीबार, जेठ १८, २०८०

काठमाडौं - भारतले नेपालमा पेट्रोलियम पाइपलाइनको विस्तार र पेट्रोलियम भन्डारण डिपो निर्माण गर्ने सम्झौता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चारदिने भारत भ्रमणमा बिहीबार यी परियोजना निर्माणका लागि सम्झौता भएको हो ।

यी परियोजना निर्माणको लागि भारतले १७ अर्ब बढी लगानी गर्ने भएको छ । परियोजनाअन्तर्गत भारतको सिलगुडिदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन विस्तार हुने छ ।

यस्तै, झापाको चारआलीमा पेट्रोलियम भन्डारणका लागि डिपा निर्माण गरिने छ । भारतको मोतिहारीदेखि नेपालको अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म विस्तार गर्ने सम्झौता भएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्