Nic Ad Nic Ad
Nic Ad Nic Ad

सांसद विकास कोष खारेजीको माग गर्दै रास्वपाले दर्ता गरायो संकल्प प्रस्ताव

बिहीबार, जेठ १८, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद विकास कार्यक्रम खारेज गर्नुपर्ने मागसहित संकल्प प्रस्ताव दर्ता गरेको छ । पार्टीको बिहीबार बसेको संसदीय दलको बैठकले कोष खारेज गर्नुपर्ने निर्णय गरेको थियो ।

पार्टी प्रवक्ता मुकुल ढकालले दिएको जानकारीअनुसार अहिलेको आर्थिक परिस्थितिमा यस्तो विवादित कार्यक्रम ब्युँताएर नेपाली जनतामा आर्थिक भार थप्ने काम भएकाले कोष खारेजीको माग गरिएको हो ।

जेठ १५ गते बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सांसद विकास कोषमार्फत प्रत्येक सांसदले पाँच करोड पाउनेगरी बजेट व्यवस्थापन गरिएको जानकारी दिएका थिए । रास्वपाले भने ६ कारण देखाउँदै सांसद विकास कोष खारेजीको माग गरेको हो ।

जसमा अर्थतन्त्र धराशायी भएको अवस्थामा यस्ता विवादित र स्रोतको उचित उपयोग हुन नसक्ने कार्यक्रमबाट राष्ट्रिय ढुकुटीको दोहन मात्र हुने, संघीयता र विशेष गरेर स्थानीय सरकारको अधिकार क्षेत्र मासिने, व्यक्ति पूजन संस्कृतिलाई बढ्वा दिने, भ्रष्टाचार बढ्नेलगायत कारण रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्