Nic Ad Nic Ad
Nic Ad Nic Ad
उडिशा रेल दुर्घटना

उडिशा रेल दुर्घटना अपडेट : २८८ जनाको मृत्यु, ८०३ घाइते [तस्बिरहरु ]

शनिबार, जेठ २०, २०८०

नयाँ दिल्ली– भारतको पूर्वी राज्य उडिसामा दुई यात्रुबाहक रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ सय ८८ पुगेको छ भने अन्य ८०३ जना घाइते भएका छन् ।

India_train_accident_2023_xinhuwa31685806186.JPG

टाइम्स अफ इन्डियाले रेल अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, “२० वर्षभन्दा बढी समयको सबैभन्दा घातक रेल दुर्घटनाका कारण २८८ जनाको मृत्यु भएको छ ।’’ 

घाइते यात्रुलाई गोपालपुर, खाँटापारा, बालासोर, भद्रक र सोरोका अस्पतालमा लगिएको छ । ओडिसा राज्यको राजधानी भुवनेश्वरबाट करिब १७१ किलोमिटर उत्तरपूर्वमा पर्ने बालासोर जिल्लाको बहानागा बजार स्टेसन नजिकै शुक्रबार साँझ सो दुर्घटना भएको हो । 

India_train_accident_2023_xinhuwa41685806186.JPG

उक्त दुर्घटनाका कारण प्रभावित रेलमार्गमा सेवा अवरुद्ध भएको छ । दुर्घटनाका कारण हालसम्म ४८ वटा रेलको आवागमन रद्द गरिएको छ भने ३९ वटालाई अन्य मार्गतर्फ पठाइएको छ । त्यस्तै, १० वटाको आवागमन केही समयका लागि रद्द गरिएको छ । – रासस/सिन्ह्वा

India_train_accident_2023_xinhuwa51685806186.JPGतस्बिर: जावेद दर/सिन्ह्वा

India_train_accident_2023_xinhuwa61685806186.JPGतस्बिर: जावेद दर/सिन्ह्वा

India_train_accident_2023_xinhuwa1685806185.JPGतस्बिर: जावेद दर/सिन्ह्वा

India_train_accident_2023_xinhuwa21685806185.JPGतस्बिर: जावेद दर/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्