Nic Ad Nic Ad
Nic Ad Nic Ad

खोकना–बुङ्मती संस्कृतिको रक्षा हुनेगरि फास्ट ट्र्याक निर्माण हुन्छ : गृहमन्त्री श्रेष्ठ

आइतबार, जेठ २१, २०८०

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले खोकना–बुङ्मती संस्कृतिको रक्षा हुनेगरि तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण हुने बताएका छन् ।

आइतबार ललितपुरको खोकनामा ललितपुर महानगर वडा नम्बर–२१ को आयोजनामा नवप्रवेशी देवगणहरुको स्वागत तथा सम्मान कार्यक्रममा श्रेष्ठले खोकना–बुङ्मती लगायतका स्थानको ऐतिहासिकता, पहिचान र संस्कृतिको रक्षा गर्नेगरि फास्ट ट्रयाकका बारेमा उपयुक्त निर्णय हुने बताएका हुन् ।

उनले फास्ट ट्रयाकका बिषयमा स्थानीयले गरेको संघर्ष र मागका बारेमा अध्ययन गर्न उपप्रधान एवं रक्षा मन्त्रीको संयोजकत्वमा कार्यदल बनेको अवस्थामा कार्यदलले सहि निर्णय गर्ने विश्वास व्यक्त गरे ।। त्यस्तै उनले मुलुकको संस्कृति जगेर्नाका लागि देवगण लगाएत स्थानीयहरुले खेलेको भूमिकाको प्रसंसासमेत गरे ।

ऐतिहासिक एवं सांस्कृतिक रुद्रायणी देवीको १२ बर्षे मेलाको अवसरमा नवप्रवेशी देवगणहरुको स्वागत तथा सम्मान गरिएको हो ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्