Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतका रेलमन्त्रीले भने– रेल दुर्घटनाको कारण र जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौँ

सोमबार, जेठ २२, २०८०

नयाँ दिल्ली– भारतका रेलमन्त्री अश्विनी वैश्णवले भरखरै ओडिशामा भएको रेल दुर्घटना र  दशकौं देखि हुँदै आएका यस्ता अन्य दुर्घटनाका कारण पहिचान भएको बताएका छन् ।  

‘यस्ता भयानक दुर्घटनाका कारण र कारकहरू पत्ता लागेका छन् तर अनुसन्धान नसकिदै त्यो सार्वजनिक गर्नु उचित हुँदैन,’ मन्त्रीले भने ।  

‘हामीले दुर्घटनाको कारण र यसका पछाडिका जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौँ,’ भारतका रेलमन्त्री अश्विनी वैष्णवले समाचार एजेन्सी एएनआईलाई भनेका छन् ।  

विद्युतीय सङ्केत र अन्य विभिन्न कुराहरू यसका पछाडि  जिम्मेवार छन् तर त्यसको विस्तृत विवरण अहिले सार्वजिनक गर्नु नहुने उनको तर्क छ ।  
 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्