Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल भ्रमणका लागि मोदीलाई प्रचण्डको निम्तो 

सोमबार, जेठ २२, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिएका छन् ।

भारत भ्रमणबारे संसद्मा स्पष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्डले मोदीलाई आफूले नेपाल भ्रमणको निम्तो दिएको जनाएका हुन् ।

यसमा मोदी सकारात्मक रहेको र चाँडै नेपाल भ्रमणमा आउने बताएको उनले जानकारी दिए ।

मोदी सन् २०१४ मा प्रधानमन्त्री भएयता तीन पटक नेपाल भ्रमण गरिसकेका छन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्