नेभिगेशन
समाचार

शिशिर खनालले भारतबाट प्रचण्ड भैँसी चढेर आए भनेपछि...

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सौसद शिशिर खनालले भारतबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भैँसी चढेर आए भनेपछि संसद्मा हंगामा भएको छ ।

उनको यस भनाइप्रति नेकपा (माओवादी केन्द्र)का सांसद हितराज पाण्डेले नियमापत्ति गरेपछि संसद्मा हंगामा भएको हो ।

सांसद खनालले प्रधानमन्त्री प्रचण्डको भारतको उपलब्धि भैँसी चढेर आउनु भएको टिप्पणी गरेका थिए ।

सांसद पाण्डेको नियमापत्तिप्रति प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद सूर्य थापाले आपत्ति जनाएका थिए ।

यसैबीच, सभामुख देवराज घिमिरेले खनालले बोलेको सो शब्द संसद्को अभिलेखबाट हटाउने निर्देशन दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार