नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कारबाही हुनुपर्छ : सांसद सिंह
काठमाडौँ– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दुवै सदनबाट दुई–दुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
उनले आजको प्रतिनिधिसभाको बैठकमा उक्त कुरा बताएका हुन् ।
‘यो संविधान र कानुनभन्दा माथि कोही हुन सक्दैन । दुई–दुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिलाई कारवाही गर्नुपर्छ’ उनले भने ।
यसैबीच सिंहले संविधान देखाउँदै तत्कालीन राष्ट्रपति संविधानबमोजिम किन विधेयक रोकेर राखेको भन्दै प्रश्न गरे र कारबाही हुनुपर्ने माग गरे ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १५:१९
प्रतिक्रिया दिनुहोस्