Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिनिधिसभामा बजेटमाथि सामान्य छलफल प्रारम्भ

सोमबार, जेठ २२, २०८०

काठमार्डौँ– प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले वक्तव्यसहित आव २०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।  

बैठकमा उक्त छलफलमाथि सांसदहरूले दलीय आधारमा आफ्ना धारणा व्यक्त गरिरहेका छन् । मन्त्री डा महतले यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०–८१ बजेट प्रस्तुत गरेका थिए ।
 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार