Nic Ad Nic Ad
Nic Ad Nic Ad

थप ११ ब्रोकरले पाए लाइसेन्स [सूचीसहित]

सोमबार, जेठ २२, २०८०

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले थप ११ वटा नयाँ ब्रोकरलाई सञ्चालन अनुमति (लाइसेन्स) प्रदान गरेको छ । 

यसअघि आशय पत्र प्रदान गरेकामध्ये आवश्यक पूर्वाधार पूरा गरेका ११ वटालाई ब्रोकर कारोबार सञ्चालन अनुमति प्रदान गरिएको धितोपत्र बोर्डले जनाएको छ ।

सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले ११ वटा ब्रोकरलाई सञ्चालन अनुमति प्रदान गर्ने निर्णय गरेको हो । बोर्डले यसअघि सात ब्रोकरलाई लाइसेन्स दिएको थियो ।

नयाँ लाइसेन्स पाउनेमा एक कम्पनी धितोपत्र व्यापारी रहेको छ । त्यस्तै अन्य १० कम्पनी सीमित कार्य गर्ने धितोपत्र ब्रोकर रहेका छन् ।

dhitopatra_broker1685977396.jpg

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  २०:४७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार