Nic Ad Nic Ad
Nic Ad Nic Ad

११ बजेको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अझै बस्न सकेन, सभामुखले तोके साढे १ बजेको समय

मंगलबार, जेठ २३, २०८०

काठमाडौँ– नागरिकता विधेयक जारी गर्ने प्रक्रियाको विषयमा सत्ता गठबन्धन र प्रतिपक्षी दलहरुबीच सम्बन्ध चिसिदा त्यसको असर संसदमा पर्न थालेको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले पहिला संसदबाट २ पटक पारित भएर गएको विधेयक जेठ १७ गते जारी गरेका थिए । राष्ट्रपतिले जारी गरेको सो विधेयकलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो प्रतिष्ठाको विषय बनाएको छ ।

एमालेले सो विधेयक आफ्नो पार्टीबाट राष्ट्रपति बनेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका कारण रोकिएको र अहिलेका राष्ट्रपति पौडेलले जारी गरेर आफ्नो पार्टी र पूर्वराष्ट्रपति भण्डारीको अपमान गरेको अर्थमा प्रतिक्रिया व्यक्त गरेको छ । 

यस्तै, संसदमा रहेका विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरुले आफूहरुले सो विधेयकका विषयमा छलफल गर्न पाउनु पर्ने अडान राखिरहेका छन् ।

दलहरुबीचको यही विवादका कारण संसद बैठकहरु समयमा हुन छोडेका छन् । दलहरुबीच कुरा नमिल्दा आज विहान ११ बजेटको लागि बोलाइएको राष्ट्रिय सभाको बैठक भोलिसम्मको लािग स्थगित भएको छ । आजको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम थियो ।

यस्तै, आज ११ बजेकै लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको छ । सो बैठक आजै साढे १ बजेसम्मको लागिथ स्थगित भएको संघीय संसदको महासचिव डा. भरतराज पौड्यालले जानकारी दिएका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्