नेभिगेशन
समाज विविध

गोदाममा सञ्चालित मिठाइ पसलमा महानगरले लगायो ताला

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले गोदाममा सञ्चालित मिठाइ पसलमा ताला लगाएको छ । नगर प्रहरी बलले काठमाडौँ महानगर–२७ भोटाहिटीमा रहेको आरके मिठाई पसलमा आज ताला लगाएको हो ।

नक्सामा गोदाम भनी राखिएको उक्त स्थानमा मिठाइ पसल सञ्चालन गरिएको पाइएपछि ताला लगाइएको महानगर स्रोतले जनाएको छ ।

केही दिनअघि पनि नगर प्रहरीले बन्द गराएको थियो । तर, पसल धनीले अटेरी गरी पुनः सञ्चालन गरेको पाइएपछि जनप्रतिनिधिको रोहबरमा नगर प्रहरीले पुनः ताला लगाएको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा