युक्रेनको बाँध भङ्गले ‘रुसको युद्धको क्रूरता’ देखाउँछ : नेटो प्रमुख
ब्रसेल्स– नेटो महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनको मुख्य बाँधको “अपमानजनक” उल्लङ्घन (आक्रमण) भएकामा निन्दा गरेका छन् ।
यस्तो गतिविधिले मस्कोको आक्रमणबाट भएको विनाशको विद्ररूप उजागर गरेको उनको टिप्पणी छ ।
“काखोभका बाँधको विनाशले आज हजारौँ नागरिकलाई जोखिममा पारेको छ र गम्भीर वातावरणीय क्षति पुर्याएको छ । यो एक अपमानजनक कार्य हो, यसले युक्रेनमा रुसको युद्धको क्रूरतालाई फेरि एक पटक छताछुल्ल पारेको छ,” स्टोलटेनबर्गले ट्विटरमा उल्लेख गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० १८:२८
प्रतिक्रिया दिनुहोस्