Nic Ad Nic Ad
Nic Ad Nic Ad

जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलायो

बिहीबार, जेठ २५, २०८०

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । 

बैठक शनिबारका लागि बोलाइएको केन्द्रीय कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । बैठक शनिबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय, बालकुमारीका बस्नेछ । 

केन्द्रीय कार्यकारिणी समितिको बैठकमा विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने जसपाले जनाएको छ । 

 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्