Nic Ad Nic Ad
Nic Ad Nic Ad

वेस्ट ह्यामले जित्यो युरोपा कन्फ्रेन्स लिगको उपाधि 

बिहीबार, जेठ २५, २०८०

काठमाडौँ– युरोपा कन्फ्रेन्स लिगको उपाधि इंग्लिस क्लब इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडले जितेको छ । गएराति चेक रिपब्लिकमा सम्पन्न फाइनल खेलमा इटालियन क्लब फियोरेन्टिनालाई २–१ गोल अन्तरले स्तब्ध पार्दै वेस्ट ह्यामले ४३ वर्षपछि मुख्य उपाधि हात पारेको हो ।

बेस्ट ह्यामका सेद बेन्रह्माले खेलको ६२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसको ५ मिनेटपछि नै फियोरेन्टिनाका जियाकोमा बोनाभेन्तुराले गोल गर्दै खेललाई बराबरीमा फर्काए । 

त्यसपछि खेलको ९०औं मिनेटमा जारोड बोवेनले गोल गरेपछि वेस्ट ह्यामको जित पक्का भयो ।

योसँगै बेस्ट ह्यामले आगामी सिजनको युरोपमा लिगमासमेत स्थान सुरक्षित गरेको छ । कन्फ्रेन्स लिग च्याम्पिइनस लिग र युरोपा लिगपछि युरोपको तेस्रो स्तरको नकआउट लिग हो । 

युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभिल्लाले जितिसकेको छ भने च्याम्पियन्स लिगको फाइनल आगामी जुन १० मा हुनेछ ।

उपाधिका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब इनटर मिलानबीच प्रतिस्पर्धा हुँदैछ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्