पारिश्रमिक माग्दा खेलाडीलाई उल्टै गालीगलौज !
काठमाडौँ– सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको खेल सकिएपछि मनाङ मस्र्याङ्दी क्लको ड्रेसिङ रुममा झगडा भएको छ ।
च्यासल रंगशालामा भएको खेलमा भने एनआरटीले मनाङ मर्स्याङ्दीलाई १–० ले हरायो थियो । सोही खेलपछि मनाङको ड्रेसिङ रुपमा झगडा भएको एक खेलाडीले बताए ।
उनका अनुसार विदेशी खेलाडी ओलुवासिना अजिजले क्लबका पदाधिकारीसँग आफ्नो पारिश्रमिक माग्दा उल्टै उनीमाथि नै गालीगलौज र झण्डै हातपात भएको थियो ।
यसबारे क्लबले भने आधिकारिक विषय बाहिर ल्याएको छैन ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० १२:०८
प्रतिक्रिया दिनुहोस्