Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेसपाको केन्द्रीय समिति बैठक जारी

बिहीबार, जेठ २५, २०८०

काठमाडौँ– नेपाल समाजवादी पार्टी, (नेसपा)को केन्द्रीय समिति बैठक भक्तपुरमा अहिले जारी छ ।  

बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्ने  नेसपाका अध्यक्ष  डा बाबुराम भट्टराईले जानकारी दिए ।

बैठकमा अध्यक्ष डा भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्ने जनाइएको छ ।

‘अबको राष्ट्रको सङ्कल्प नयाँ समाजवादी विकल्प’ शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले सुझाव दिनेछन् । यसका साथै साङ्गठनिक प्रस्ताव पनि बैठकमा पेस हुने जनाएको छ ।  बैठक शुक्रबारसम्म चल्ने सो पार्टीले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्