नेभिगेशन
समाचार

बालेनको कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा

काठमाडौँ– भारतले नेपाली भूभाग समेटेर अखण्ड भारतको नक्सा राखेको प्रतिउत्तरमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा विशाल (ग्रेटर) नेपालको नक्सा राखेका छन् ।

राष्ट्रियसभा गृहस्थित मेयर शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको एक सचिवालय सदस्यले बताए ।

संयोगवश मेयर शाह अहिले भारत भ्रमणमा छन् । फर्किएपछि औपचारिक रुपमै ग्रेटर नेपालको नक्साको तस्बिर सार्वजनिक गरिने बताइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार