Nic Ad Nic Ad
Nic Ad Nic Ad

एपिएफलाई हराउँदै फ्रेन्ड्स रेलिगेसनबाट जोगियो

शुक्रबार, जेठ २६, २०८०

काठमाडौँ– सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलअन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा नेपाल एपिएm क्लबलाई हराउँदै फ्रेन्ड्स क्लब रेलिगेसनबाट जोगिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज ललितपुरको फ्रेन्ड्सले विभागीय टोली एपिएफलाई ४–० गोल अन्तरले हराएको हो ।

फ्रेन्ड्सको जितमा टोरिक जेब्रिन, विकास थापा, राफिक अमिनु र अखरबेक उक्तामोभले एक–एक गोल गरे ।

यस जितसँगै फ्रेन्ड्सले २६ खेलमा ३० अंक जोडेको छ । फ्रेन्ड्स लिगको ११ औं स्थानमा उक्लिएको छ ।

एपिएफले २६ खेलमा ३० अंक जोडेको छ । एपिएफ १३ औं स्थानमा झरेको छ । हारसँगै एपिएफको रेलिगेसनको डर कायमै रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्