अर्को हप्ता चीन भ्रमण गर्दै प्यालेस्टाइनी राष्ट्रपति
बेइजिङ– प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले अर्को हप्ता चीनको राजकीय भ्रमण गर्दै छन् ।
बेइजिङले शुक्रबार जनाएअनुसार चीनले इजरायल–प्यालेस्टाइन शान्ति वार्तालाई सहजीकरण गर्न मद्दत गर्न तयार रहेको बताएपछि सो भ्रमण हुन लागेको हो ।
‘राष्ट्रपति सी चिन फिङको निमन्त्रणामा प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले जुन १३ देखि १६ सम्म चीनको राजकीय भ्रमण गर्नुहुनेछ,’ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले उल्लेख गरेका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८० १०:४३
प्रतिक्रिया दिनुहोस्