सभापति लामिछानेको आरोप– रास्वपामाथि अन्य दलले घेराबन्दी गरिरहेका छन्
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीमाथि अरु दलहरूले घरेबन्दी गरिरहेको आरोप लगाएका छन् ।
२०८४ मा सबैखाले चुनावमा विजयी हासिल गर्ने अवस्था देखिएपछि रास्वपाविरुद्ध बाधा पुर्याउने प्रयास भइरहेको उनको भनाइ छ ।
आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाको बाटो अब सहज हुन्छ भनेर जनताले देखाइदिए पनि अन्य दलको घेराबन्दीका कारण आफूहरू बेला–बेला अफ्ठ्यारोमा पर्ने गरेको बताए ।
यद्यपि, दलहरूको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने उनले स्पष्ट पारे ।
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८० १४:४४
प्रतिक्रिया दिनुहोस्