म्यानचेस्टर सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो
काठमाडौं - म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।
स्तानबुलमा शनिबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १-० गोल अन्तरले हराउँदै सिटीले उपाधि जितेको हो ।
सिटीलाई जित दिलाउन रोड्रीले निर्णायक गोल गरे । रोड्रीले खेलको ६८ औं मिनेटमा गोल गरेका थिए ।
सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
यस्तै पेप ग्वार्डीओलाको नेतृत्वमा रहेको सिटीले एकै सिजन 'ट्रेबल' उपाधि हात पारेको छ ।
यस अघि सिटीले प्रिमियर लिग र एफए कप जितेको थियो ।
सिटी ट्रेबल उपाधि जित्ने दोस्रो प्रिमियर लिग क्लब हो ।
यस अघि म्यानचेस्टर युनाईटेडले यो उपलब्धि हासिल गरिसकेको छ ।
ग्वार्डीओला तीन च्याम्पियन्स लिग जित्ने तेस्रो प्रशिक्षक समेत बनेका छन् ।
यस अघि कार्लो एन्सोलोटी र जिनेदान जिदानले तीन च्याम्पियन्स लिग जिताएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८० ०६:०४
प्रतिक्रिया दिनुहोस्